एनडीटीभीका अनुसार १५० बढी मानिस बाढीका कारण बेपत्ता भएका छन्। बेपत्तामध्ये हालसम्म ३ जनाको शव भेटिएको समाचारमा जनाइएको छ।
हाल बाढी प्रभावित क्षेत्रमा ६ सय सेनाहरु उद्धार गर्न गइरहेको बताइएको छ। हिमनदी फुट्दा धौलिगंगा र अलकनन्दा खोलामा ठूलो बाढी आएको थियो।
हाल धौलिगंगा र अलकनन्दा आसपासका बस्तीहरुलाई खाली गरिएको छ। त्यस वरपर नजान चेतावनी दिइएको छ।
तपोवन में रेस्क्यू कार्य जारी।
पुलिस प्रसाशन मोके पर। pic.twitter.com/OuQT3wEVz5
प्रहरीका अनुसार यस बाढीले धौलिगंगाको ऋषिगंगा पावर प्रोजेक्टमा क्षति पुगेको छ। त्यहाँको बाँध फुटेको जनाइएको छ।
यस बाढीमा बेपत्ता भएको १५० व्यक्तिहरु ऋषिगंगा पावर प्रोजेक्टमा कार्यरत कामदार भएको बताइएको छ। जसमध्ये अहिलेसम्म ३ जनाको शव भेटिएको हो।
हाल उद्धार तथा शव खोजीका लागि तिब्बत नजिकैको सीमामा तैनाथ सेनाहरु पनि खटेका छन्।

प्रतिक्रिया