ad ad

राजनीति


विप्लव नेता बास्तोलालाई एकरात कमलपोखरी वृत्तमा राखेर महाराजगन्ज पुर्‍याइयो

विप्लव नेता बास्तोलालाई एकरात कमलपोखरी वृत्तमा राखेर महाराजगन्ज पुर्‍याइयो

नेपालखबर
माघ २३, २०७७ शुक्रबार १२:५३,

नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई महाराजगन्ज प्रहरीको हिरासतमा पुर्‍याइएको छ।

एक रात कमलपोखरी वृत्तको हिरासतमा राखिएका बास्तोलालाई शुक्रबार जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाड्न आदेश दिएपछि फेरि महाराजगन्ज लगिएको काठमाडौं प्रहरीले जनाएको छ।

नेता बास्तोलालाई बिहीबार सर्वोच्च अदालतले छाड्न आदेश दिएको थियो। तर प्रहरीले अन्य ठाउँमा पनि मुद्दा रहेको भन्दै उनलाई कमलपोखरी वृत्तमा पुर्‍याएको थियो। कमलपोखरी वृत्तमा उनीविरुद्ध बम विस्फोटको मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दामा शुक्रबार जिल्ला अदालतमा उपस्थित गराए पनि अदालतले साधारण तारेखमा छाड्न आदेश दिएपछि महाराजगन्ज लगिएको हो। महाराजगन्ज वृत्तमा पनि उनीविरुद्ध बम बिस्फोटकै मुद्दा रहेको प्रहरीले जनाएको छ।

गत पुस २९ गते ललितपुर प्रहरीले उनलाई मकवानपुरको सिमानाबाट पक्राउ गरेको थियो। प्रहरीले नक्खु बम विस्फोट तथा ज्यानमुद्दामा उनीविरुद्ध मुद्दा अगाडि बढाएको थियो।

तर उनकी पत्नी हिमा बास्तोलाले बन्दी प्रत्यक्षिकरणको मुद्दा दायर गरेकी थिइन्। उक्त मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्चले माघ १५ गते २४ घण्टाभित्रमा सक्कल मिसिलसहित सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो।

उनलाई प्रहरीले त्यसलगतै अदालतमा उपस्थित गराएको थियो। बिहीबारको सुनुवाइमा उनलाई सर्वोच्चकै रजिस्ट्रार र बारका अध्यक्षको रोहबरमा छाड्न आदेश दिएको थियो।

उनी विप्लव नेतृत्वको नेकपाका तेस्रो बरियताका नेता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .