राजनीति


इजलासमा आइतबारदेखि सरकार पक्षका वकिललाई पनि १५ मिनेट मात्रै

इजलासमा आइतबारदेखि सरकार पक्षका वकिललाई पनि १५ मिनेट मात्रै

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ९:१०,

संवैधानिक इजलासले आइतबारदेखि सरकार पक्षका वकिललाई पनि समय तोकिदिने भएको छ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबारदेखि सरकार पक्षका वकिललाई पनि समय निर्धारण गरिने बताएका हुन्।

शुक्रबारको बहस सकिएसँगै जबराले भने, ‘ल आजलाई यति गरौँ, आइतबारदेखि तपाईहरुले १० देखि १५ मिनेट मात्रै पाउनुहुन्छ। प्रधानमन्त्रीको तर्फबाट पनि निकै जना हुनुहुन्छ।’

शुक्रबार लोकराज पराजुली, खेमराज ज्ञवाली, सञ्जीवराज रेग्मीले सरकारको पक्षमा बहस गरेका छन्।

यसअघि नारायण पौडेल, विश्वराज कोइराला, पदमप्रसाद पाण्डेय र महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहस गरिसकेका छन्।

यस्तै प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि बहस गरेका थिए।

सरकारी वकिलतर्फ अझै चार जनाले बहस गर्न बाँकी छ। उनीहरुका लागि समयको हदबन्दी लगाउने इजलासले जनाएको छ।

शुक्रबारसम्म यस पक्षका वकिलले मागेजति समय पाएका थिए।

यो पनि –
सरकार पक्षका वकिललाई इजलासमा छैन समयको छेकबार, ४ दिनमा ५ जनाले मात्रै सके बहस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad