राजनीति


के के हुन्छ, त्यही बेला हुन्छ, अहिले भन्दिनँ : प्रचण्ड

के के हुन्छ, त्यही बेला हुन्छ, अहिले भन्दिनँ : प्रचण्ड

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ४:४०,

आन्दोलनरत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता जागेपछि प्रतिगनकारीका सबै ‘सेटिङ’ भत्किने चेतावनी दिएका छन्।

प्रतिनिधि सभा विघटन गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रतिगामी यात्रा सफल पार्न सर्वाेच्च अदालतसम्म सेटिङ मिलाएको भन्ने चर्चा चलिहरहेका बेला अध्यक्ष प्रचण्डले जनताको शक्तिले ती सबै विफल पार्ने चेतावनी दिएका हुन्।

आज बिहान ललितपुरमा आयोजित पत्रकारसँग अन्तरक्रियामा उनले भने, ‘सबैभन्दा ठूलो सेटिङ त जनता हो जनता उठेपछि सबै सेटिङ भन्त्किन्छ।’

अदालत र निर्वाचन आयोगतिर लक्ष्य गर्दै उनले अगाडि भने, ‘जनताको (चाहना) अनुसार काम गर्छन्, नगरे कयामत हुन्छ। के के हुन्छ अहिले भन्दिनँ, त्यही बेला हुन्छ।’

अध्यक्ष प्रचण्डले अहिले जारी आन्दोलन युवा पुस्तासँग जोडिएको पनि बताए।

संसद् विघटन भएयता सबै दलसँग सहकार्य भइरहेको उल्लेख गर्दै उनले अब चाँडै संयुक्त आन्दोलन हुने दाबी गरे।

‘यसबीचमा माधव नेपाल र म लगातार छलफलमा छौं,’ उनले भने, ‘असंवैधानिक, अलोकतान्त्रिक कदमलाई करेक्सन गर्न संयुक्त अन्दोलनका लागि आधार दिएको छ।’

हिजो बिहीबार आमहडतालका दिन पनि प्रचण्डले फागुनको पहिलो हप्ता संयुक्त आन्दोलन हुने र ओली शासन अन्त्य हुने दाबी गरेका थिए।

याे पनि :  यसकारण मैले एमसीसीविरुद्धका नारा रोकेँ : प्रचण्ड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad