राजनीति


यसकारण मैले एमसीसीविरुद्धका नारा रोकेँ : प्रचण्ड

यसकारण मैले एमसीसीविरुद्धका नारा रोकेँ : प्रचण्ड

नेपालखबर
माघ २३, २०७७ शुक्रबार ४:१६,

आन्दोलनरत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे पार्टीले अन्तिम निर्णय लिइनसकेको बताएका छन्।

यसैकारण आफूले हिजो (बिहीबार) आयोजित आमहतडतालमा एमसीसीविरुद्धका नारा लगाउन रोकेको उनले जानकारी दिए।

आज बिहान लालितपुरमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा प्रचण्डले भने, ‘एमसीसीबारे पार्टीले अन्तिम निर्णय लिएको छैन। यो बेला प्रतिगमनविरुद्धको नारामा फोकस नभएर दशथरीको नारा लगाउनुभन्दा एउटै विषयमा फोकस हौं भनेको हो, त्यसले आन्दोलन प्रहारको निशाना कमजोर हुन्छ भनेर मैले रोकें।’

उनले अगाडि भने, ‘केन्द्रीय संघर्ष समितिको नारा पनि थिएन त्यो। मलाई को घुस्यो भन्नेजस्तो पर्‍याे। म एमसीसीको विरुद्ध गएको छैन। बरु मैले अमेरिकी राजदूतलाइ पनि यो संशोधन हुन सक्छ कि सक्तैन भनेर सोधेको थिएँ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘गुन्डाराज’विरुद्ध जनताले स्वतःस्फूर्त रूपमा बन्द (बिहीबारको आमहडताल) गराएको दाबी पनि प्रचण्डले गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad