नेपाली कांग्रेसले सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिका विरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेको छ।
सरकारले बुधबार विभिन्न संवैधानिक आयोगहरुमा रिक्त ३४ पदाधिकारी नियुक्ति गरेको विषयलाई लिएर कांग्रेसले विधि उलंघनको प्रवृत्तिप्रति आफ्नो प्रस्ट विमति रहेको जनाएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै संवैधानिक परिषदसम्बन्धी अध्यादेश, त्यसपछिको बैठक र आजको सपथग्रहण विधि उल्लंधनको शृंखला भएको बताए।
उनले सर्वसत्ता उन्मुख प्रवृत्तिविरुद्धको संघर्ष झनै घनीभूत बनाउनुपर्ने निष्कर्षमा आफूहरु पुगेको बताएका छन्।
‘विधि उलंघनको प्रवृत्तिप्रति हाम्रो प्रस्ट विमति छ! क्रमशः १ संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, २ त्यसपछिको बैठक ३ आजको सपथग्रहण’, प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्, ‘दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्तिविरुद्ध, संघर्ष झनै घनीभूत बनाउनुपर्ने निष्कर्षमा छौं हामी।’
विधि उलंघनको प्रवृत्तिप्रती हाम्रो प्रष्ट विमति छ !
क्रमशः१) संवैधानिक परिषद सम्बन्धि अध्यादेश
२)त्यसपछिको बैठक ३)आजको सपथग्रहण l
दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्ति विरुद्ध, संघर्ष झनै घनिभुत बनाउनुपर्ने निष्कर्षमा छौं हामी l pic.twitter.com/BUgxZiX6l6
यसअघि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफफलपछि संवैधानिक अंगहरुमा पदाधिकारिहरु सिफारिस गरेको समाचार सार्वजनिक भएको थियो। आज नियुक्ति हुने केही पदाधिकारीहरुमा सभापति देउवानिकट केही व्यक्तिहरु समेत रहेका छन्।

प्रतिक्रिया