राजनीति


अख्तियार प्रमुखमा राईको शपथसँगै आयुक्त जोशीले दिए राजीनामा

अख्तियार प्रमुखमा राईको शपथसँगै आयुक्त जोशीले दिए राजीनामा

नेपालखबर
माघ २१, २०७७ बुधबार १०:५५,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयुक्त जोशीले बुधबार राजीनामा दिएका हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आजैदेखि लागू हुने गरी नेपालको संविधानको धारा २३८ को उपधारा ४ को खण्ड कबमोजिम राजीनामा दिएका हुन्।

आजैमात्र अख्तियार प्रमुख आयुक्तमा प्रेमकुमार राईले राष्ट्रपतिबाट शपथग्रहण गरेका थिए।

जोशीले यसअघि आयोगमा नवीन घिमिरेको अवकाशपछि कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad