ad ad

राजनीति


उपराष्ट्रपति र सभामुखद्वारा संवैधानिक निकायका पदाधिकारीहरुको शपथग्रहण बहिष्कार

उपराष्ट्रपति र सभामुखद्वारा संवैधानिक निकायका पदाधिकारीहरुको शपथग्रहण बहिष्कार

नेपालखबर
माघ २१, २०७७ बुधबार ५:३२,

उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायका पदाधिकारीहरुको शपथग्रहण समारोह बहिस्कार गरेका छन्।

राष्ट्रपति निवास शीतलनिवासमा बुधबार बिहान भएको शपथग्रहण समारोह उनीहरुले बहिस्कार गरेका हुन्।

‘सभामुखले आफ्नो धारणा लिखित रुपमै राखिसक्नु भएको छ। संविधानको धारा २ सय ९२ अनुसार संसदीय सुनुवाइ भएको छैन। नियुक्ति गर्दा संविधान मिचिएको छ। त्यसमा साक्षी बस्न जाने कुरा भएन,’ सभामुखको सचिवालय स्रोतले भन्यो, ‘संसदीय सुनुवाइ नगर्ने संसद भंग गर्ने र अनि संवैधानिक निकायहरुमा नियुक्ति गर्ने भनी उहाँले प्रश्न उठाउनु भएको छ।’

सभामुख सापकोटाले आइतबार नै संसदीय सुनुवाइ गर्ने अवस्था नभएको भन्दै सुनुवाइका लागि आएका नामहरुको सक्कलै फिर्ता गरेका थिए।

उपराष्ट्रपति पुनले भने स्वास्थको कारण उपस्थित हुन नसक्ने जानकारी शीतल निवासलाई गराएका छन्।

‘उहाँ केही दिनदेखि अस्वस्थ्य हुनुहुन्छ। उहाँले हिजो नै राष्ट्रपति कार्यालयलाई उपस्थित हुन नसक्ने जानकारी गराइसक्नुभएको थियो,’ उपराष्ट्रपतिका प्रेस सल्लाहकार मनोज घर्ती मगरले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .