विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चगमनको राजनीति गर्न खोजेको आरोप लगाएका छन्।
संयोजक पाण्डेले ओलीले कहिले राष्ट्रवाद त कहिले विकासका नाममा भ्रमको राजनीति गर्दै आएको बताए।
उनले प्रधानमन्त्री ओली आफू पनि भ्रममा रहेको र जनतालाई पनि भ्रममा पार्ने प्रयास गरिरहेको बताएका छन्।
‘ओलीले सुरुमा ‘राष्ट्रवाद’को राजनीति गरे। त्यसपछि, चुच्चे रेल र ग्यासको पाइप भन्दै ‘विकास’को राजनीति (?) गर्ने प्रयास गरे। अब, उनी फेरि पश्चगमनको राजनीति गर्न खोज्दै छन्’, बुधबार बिहान सामाजिक सञ्जाल ट्विटरमा संयोजक पाण्डेले लेखेका छन्, ‘केपी ओली वास्तवमा प्रत्येकचोटी भ्रमको राजनीति गर्दै छन्। आफू पनि भ्रममा छन्। नागरिकलाई पनि भ्रममा पार्दै छन्।’
— Milan Pandey (@MilanPandey) February 3, 2021ओलीले सुरुमा 'राष्ट्रवाद'को राजनीति गरे। त्यसपछि, चुच्चे रेल र ग्यासको पाइपभन्दै 'विकास'को राजनीति(?) गर्ने प्रयास गरे।
अब, उनी फेरी पश्चगमनको राजनीति गर्न खोज्दै छन्।
केपी ओली वास्तवमा प्रत्येक चोटि भ्रमको राजनीति गर्दै छन्। आफू पनि भ्रममा छन्। नागरिकलाई पनि भ्रममा पार्दै छन्।
प्रतिक्रिया