ad ad

राजनीति


रोहिन्ज्या मुसलमान भन्छन्ः सुची गिरफ्तार हुँदा दुःख लागेको छैन

रोहिन्ज्या मुसलमान भन्छन्ः सुची गिरफ्तार हुँदा दुःख लागेको छैन

नेपालखबर
माघ २०, २०७७ मंगलबार १३:३०,

सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसीकी नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्टसहित प्रदेशका प्रमुखहरूलाई नियन्त्रणमा लिएर म्यानमारका सेनाले आइतबार राति सैन्य ‘कू’ गरेका थिए।

हाल उनीहरु सबै नजरबन्दमा भएको खबरहरु आएका छन्। शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएर राज्यसत्ता आफ्नो हातमा लिएपछि राज्यसञ्चालनको शक्ति त्यहाँका सेना प्रमुख मिन अङ लाइङले पाएका छन्।

चुनावमा धाँधली भएको भन्दै सेनाले सैन्य कू गरेको प्रतिक्रिया जनाएको थियो। सैन्य कूपछि त्यहाँका सेनाले सोमबार आफूहरुले सन्तुलन र निष्पक्षताका साथ एक वर्षसम्म म्यानमारमा वास्तविक बहुदलिय लोकतन्त्रको अभ्यास गर्ने बताएका छन्।

सेनाले आफूहरुले निष्पक्ष निर्वाचनको आयोजना गर्ने र विजयी हुने पार्टीलाई सत्ता हस्तान्तरण गर्ने पनि बताएका छन्।

यस क्रममा अमेरिकाले सैन्य कूको कडा शब्दमा भत्सर्ना गरेको छ। सैन्य कू फिर्ता नभए अमेरिकाले कडा आर्थिक प्रतिबन्ध लगाउने र आवश्यक कारवाही गर्ने चेतावनी दिएको छ।

आङ सान सुचीसहित सबै नेताहरुलाई रिहा गर्न अन्तर्राष्ट्रिय दबाबहरु आइरहेका छन्। यद्यपी म्यानमारकै अल्पसंख्यक मुसलमानहरुले आफूहरु आङ सान सुचीको गिरफ्तारीबाट दुःखी नभएको बताएका छन्।

त्यहाँ भएको सैन्य कू गलत भएपनि सुचीको गिरफ्तारीले आफूहरुलाई दुःख नलागेको रोहिन्ज्याहरुको भनाइ छ।

हाल बंगलादेशमा शरणार्थीको रुपमा पुगेका रोहिन्ज्याहरुका नेता मोहम्मद युनस अर्मानले अल्जाजिरासँगको अन्तर्वार्ताको क्रममा म्यानमारका सेनाहरुले रोहिन्ज्याका परिवारको हत्या गरेको बताए।

तर सन् २०१७ मा भएको रोहिन्ज्यामाथिको दमनकाविरुद्धमा महान नेतृ भनिएकी सुचीले आफूहरुको अधिकारको बारेका केही नबोलेको उनको गुनासो छ।

सन् २०१७ मा सेना तथा बुद्धिष्ट समुदायबाट दमन बढेपछि लाखौं रोहिन्ज्याहरु बंगलादेशमा शरणार्थीको रुपमा पुगेका छन्।

यस घटनालाई संयुक्त राष्ट्रसंघले जातीय नरसंहारको संज्ञा दिएको थियो। अनुसन्धानमा रोहिन्ज्यामाथि हत्या, बलात्कारजस्ता घटना भएको खुलेको थियो।

तर सुचीले भने यस घटनामा कुनै अभिव्यक्ति दिएकी थिइनन्। जसका कारण उनलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कार खोसिनुपर्ने आवज नै उठेको थियो। अल्जाजिरा

याे पनि: यी हुन् म्यानमारको सत्ता कब्जा गर्ने शक्तिशाली सेनापति

सत्ता हत्याएपछि म्यानमारको सेनाः वास्तविक लोकतन्त्र अभ्यास गर्नेछौं, चुनाव जित्नेलाई सत्ता सुम्पिन्छौं

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .