शताब्दी पुरूष डा. सत्यमोहन जोशीको तस्बिर अंकित हुलाक टिकट सार्वजनिक भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीको तस्बिर अंकित हुलाक टिकटमा मंगलबार टाँचा लगाएकी छन्।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले शताब्दी पुरूष डा. सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकट एउटा गौरवमय इतिहासको दस्तावेज भएको वताए।
उनले डा. सत्यमोहन जोशी साहित्यकार, इतिहासकार, आख्यानकार तथा सामाजिक आदर्श व्यक्तित्वको रुपमा सय वर्षिय एक सकृय नायक भएकोले नागरिक तहबाट जीवन कालमै टिकट प्रकाशनमा आएको यो पहिलो भएको विचार व्यक्त गरे।
हुलाक सेवा विभागले रू. १० दरको १० लाख थान हुलाक टिकट प्रकाशनमा ल्याएको हो।
यसअघि विभागले राष्ट्रकबी माधवप्रसाद घिमिरे र जोशीको तस्बिर अंकित हुलाक टिकट पनि प्रकाशन गर्ने जनाएको थियो।
Shares
प्रतिक्रिया