प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष गौतमले छिट्टै आफ्नो समूहमा आउने आश्वासन दिएको बताएका छन्।
शनिबार प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गौतमले आफूलाई फोनमा छिट्टै आउने बताएको जानकारी दिए।
‘हिजो वामदेव गौतमसँग फोनवार्ता भएको थियो, मैले सभामा भाषण गर्दै हिँड्नु पर्ने होइन र भन्दै छिट्टै आउँछु म पनि भन्नुभएको छ’, प्रचण्डले भने, ‘उहाँले बल गर्दै हुनुहुन्छ मिलाउनका लागि, बल गर्नुहोस भनेको छु। हामी त सकेनौँ हिड्यौँ भनेको छु।’
उपाध्यक्ष गौतमले नेकपा एकताका लागि पुस १४ गते राष्ट्रिय पार्टी एकता अभियान घोषणा गरेका छन्। गौतमले आफू पार्टी एकतामा लाग्ने र कुनै पनि समूहमा नलाग्ने बताएका छन्।
याे पनि : धनगढीबाट प्रचण्डको उद्घोष : पार्टीमा मात्रै होइन सडकमा पनि ओली एक तिहाइमात्रै हो

प्रतिक्रिया