राजनीति


दिल्लीमा बम विस्फोट भएपछि गृहमन्त्री शाहले गरे बंगाल भ्रमण स्थगन, बोलाए मध्यराति सुरक्षा बैठक

दिल्लीमा बम विस्फोट भएपछि गृहमन्त्री शाहले गरे बंगाल भ्रमण स्थगन, बोलाए मध्यराति सुरक्षा बैठक

नेपालखबर
माघ १७, २०७७ शनिबार २:२७,

दिल्लीस्थित इजरायली दूतावासनजिक शुक्रबार साँझ बम विस्फोट भएपछि भारतका गृहमन्त्री अमित शाहले बंगाल भ्रमण स्थगन गरेका छन्।

बंगालका भारतीय जनता पार्टीका अध्यक्ष दिलीप घोषले गृहमन्त्री शाहको भ्रमण स्थगन भएको जानकारी दिएका हुन्।

गृहमन्त्री शाहले शुक्रबार अबेर राति सुरक्षा र गुप्तचर निकायका शीर्ष प्रतिनिधिसँग उच्चस्तरीय बैठकसमेत गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार गृहमन्त्री शाह दुई दिनका लागि बंगाल जाँदै थिए। त्यसका लागि उनी शुक्रबार राति नै कोलकाता पुग्ने कार्यक्रम थियो।

याे पनि : दिल्लीमा इजरायली दूतावासनजिक विस्फोट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad