राजनीति


प्रधानमन्त्री शाह डेढ महिनापछि संसद्‌मा

प्रधानमन्त्री शाह डेढ महिनापछि संसद्‌मा

नेपालखबर
असार ३०, २०८३ मंगलबार १३:४४, काठमाडौँ

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) डेढ महिनापछि संसद्मा उपस्थित भएका छन्। 

प्रधानमन्त्री शाह मंगलबार प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका हुन्। उनी दिउँसो पौने २ बजे प्रतिनिधि समाको बैठकमा पुगेका हुन्। मंगलबार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु भएको हो। 

उनी गत जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए। त्यतिबेला सांसदसँगको प्रश्नोत्तरका क्रममा उनले ‘नेपाल पनि भारतको जमिन मिचेको’ अभिव्यक्ति दिएका थिए। 

त्यसलाई लिएर विपक्षी दलले विरोध जनाउँदै आएका छन्। प्रधानमन्त्री शाहले संसद्मा आएरु त्यसबारे प्रस्टीकरण दिनुपर्ने माग गर्दै आएका छन्। 

तर, प्रधानमन्त्री शाह त्यसपछि संसद्मा आएका थिएनन्। उनी मंगलबारको प्रतिनिधि सभाको बैठकमा आएका हुन्। 

उनी प्रतिनिधि सभाको बैठकमा करिब २० मिनेट बसे। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगै प्रतिनिधि सभाको बैठकबाट निस्किए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad