राजनीति


प्रतिनिधि सभा पुनस्र्थापना भए पनि नेकपाकै कारण समस्याको समाधान हुँदैन : ठाकुर

प्रतिनिधि सभा पुनस्र्थापना भए पनि नेकपाकै कारण समस्याको समाधान हुँदैन : ठाकुर

नेपालखबर
माघ ११, २०७७ आइतबार १२:११,

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले संसद पुनस्र्थापना भए पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कारण समस्या समाधान नहुने बताएका छन्।

आइतबार जनतरा समाजवादी पार्टी, नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह)बीच पार्टी एकिकरण घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संसद पुनस्र्थापना भए पनि सत्तारुढ नेकपाका कारण समस्या समाधान नहुने बताएका हुन्।

संसद् पुर्नस्थापना भए पनि सत्तारुढ नेकपा कानूनी रुपमा विभाजित नभएको अवस्था भएकाले सत्ता नेकपाकै हातमा जाने र यसले समस्याको समाधान नगर्ने उनको भनाइ छ।

कार्यक्रममा बोल्दै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिवर्तनलाई जोगाउनु अहिलेको आवश्यकता रहेको बताए। संघीयता, गणतन्त्र, समावेशिता जस्ता मुद्दाहरुलाई समाप्त पारी मुलुकलाई पछाडि धकेल्ने प्रयास भएको भन्दै यी परिवर्तनलाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको औँल्याए। संसद् विघटनको कदमलाई खारेजी गर्नु नै प्रतिगमनलाई परास्त गर्नु रहेको उनको भनाइ छ।

वरिष्ठ नेता राजेन्द्र महतोले संविधान र शासन पटक–पटक बदलिए पनि विचार र व्यवहार नबदलिएका कारण देशमा प्रतिगमन हुने गरेको धारणा राखे। कम्युनिष्ट र कांग्रेसले देशलाई गोलचक्करमा फसाएको उनले बताए।

जनता समाजवादी पार्टी, नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह) बीच आइतबार ललितपुरमा एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad