ad ad

राजनीति


प्रदेश २ सरकारले मनायो बलिदानी दिवस, ६० सहिद परिवारलाई सम्मान

प्रदेश २ सरकारले मनायो बलिदानी दिवस, ६० सहिद परिवारलाई सम्मान

नेपालखबर
माघ ५, २०७७ सोमबार १३:३४,

प्रदेश नं. २ सरकारले मधेश आन्दोलनमा शहादत दिएका सहिदहरुको सम्झना तथा सम्मानमा बलिदानी दिवस मनाएको छ।

जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजना गरिएको बलिदानी दिवसमा मधेश आन्दोलनको क्रममा प्रदेश २ मा शहादत दिएका ६० जना सहिद परिवारका सदस्यहरुलाई प्रदेश सरकारले दोसल्ला र २५ हजार नगद सहित सम्मान गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, नेता अनिल झा, मुख्यमन्त्री लालबाबु राउत सहितका प्रदेश सरकार मन्त्रीहरुले सहिद परिवारलाई सम्मान गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपा वरिष्ठ नेता राजेन्द्र महतोले आन्दोलनताका गरिएको प्रतिबद्धता अनुरुप सहिद परिवारहरुलाई आवश्यक सहयोगको काम समयमै पुरा गर्न प्रदेश सरकारले आग्रह गरेको छ।

जसपाका नेता अनिलकुमार झाले मधेश आन्दोलनको कडीका रुपमा रहेका सम्पूर्ण आन्दोलनका सहिद एवम् अगुवाहरुलाई स्मरण गर्दै सहिदहरुको बलिदानीलाई आफूहरु बिर्षन नसक्ने बताए।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार सहिदहरुको बलिदानी र आन्दोलनका घाइते योद्धाहरुको योगदानलाई उच्च मूल्यांकन गर्दै आएको बताए। उनले एक सहिद परिवार एक रोजगार कार्यक्रम अन्तर्गत प्रदेश २ का अधिकांश सहिद परिवारले रोजगारी पाइसकेको र विभिन्न कारणले बाँकी रहन गएक परिवारहरुलाई यथाशीघ्र रोजगारी दिने प्रक्रियामा रहेको जानकारी गराए।

सहिद परिवार एवं घाइतेहरुको दीर्घकालिन व्यवस्थापनका लागी प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान गठन गर्ने क्रममा रहेको र उक्त प्रतिष्ठान गठन पछि दीर्घकालिन व्यवस्थापनको प्रक्रिया अगाडि बढेको उनको भनाइ छ।

मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको आमा रानो देवीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, समाजिक विकासमन्त्री नवलकिशोर साह, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय लगायतले मन्तव्य राखेका थिए।

मधेश आन्दोलनका सहिदहरुको सम्मानमा आन्दोलनका नेतृत्वकर्ता दलहरुले मनाउँदै आएको बलिदानी दिवस प्रदेश सरकार गठन भए यता प्रदेश सरकारले मनाउन थालेको छ।

सरकार गठनको पहिलो वर्ष लहानमा बलिदानी दिवस मनाएको प्रदेश सरकारले दोस्रो वर्ष विरगञ्जमा मनाएको थियो भने यस वर्ष प्रदेश नं. २को अस्थायी राजधानी जनकपुरधाममा मनाएको छ। सरकारले माघ ५ गते वलिदानी दिवसको अवसरमा प्रदेशमा सार्वजनिक विदा समेत दिँदैआएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .