ad ad

खेल


राष्ट्रिय महिला लिग फुटबलमा सहभागी खेलाडीको पीसीआर परीक्षण

राष्ट्रिय महिला लिग फुटबलमा सहभागी खेलाडीको पीसीआर परीक्षण

नेपालखबर
माघ ५, २०७७ सोमबार १३:७,

बुधबारबाट सुरु हुने राष्ट्रिय महिला लिग फुटबलमा सहभागी हुने खेलाडी र अफिसीयलको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ।

लिगमा सहभागी हुने तीन विभागसहित ४ नगरपालिकाका खेलाडी र अफिसीयलले कोरोना परीक्षणका लागि स्वाव दिएका हुन्।

नगरपालिकाका खेलाडीहरुको हिजै पीसीआर गरिएकोमा विभागीय टोलीको आज कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको हो। 

लिगमा सहभागी हुने (पुलिस, आर्मी, एपीएफ) टोलीका ६९ खेलाडी र १५ जना अफिसीयलले सोमबार पीसीआर परीक्षणका लागि स्वाब दिएका छन्।

पीसीआर परीक्षणको स्वास संकलनमा शसस्त्र प्रहरी बल एपीएएफका २३ खेलाडी र ५ जना अफिसीयल, नेपाल पुलिस क्लवका २३ खेलाडी र ७ अफिसियल र त्रिभुवन आर्मीका २३ खेलाडी र ३ अफिसीयल सहभागी भएको तिनै वटै विभागले जनाएका छन्।

लिगअघि हरेक खेलाडीको पीसीआर टेष्ट एन्फाले गरेको हो। लिगका लागि टोलीलाई तयारी स्वरुप १ लाख र कोभिड रिलिफ फन्ड अनुरुप ५० हजार रुपैयाँ थप दिने एन्फाले जनाएको छ।

लिगका दौरान कुनै खेलाडी वा अफिसीयललाई कोभिड १९ को शंका लागेमा आइसोलेसनमा राख्ने व्यवस्था एन्फाले गरेको छ।

बुधबारबाट सुरु हुने लिगका लागि ४ नगरपालिकाका टोली काठमाडौं आउने क्रम जारी छ। सबै टोली भोलिसम्ममा काठमाडौ आइपुग्नेछन्।

लिगमा चारवटा नगरपालिका र ३ विभागीय गरी सात टोलीले प्रतिस्पर्धा गर्नेछन्। लिगमा शसस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस क्लव र त्रिभुवन आर्मीसहित रौतहटको चन्द्रपुर, स्याङ्जाको वालिङ, मोरङको विराटनगर र उदयपुरको चौदण्डीगढी नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन्।

लिग विजेताले १५ तथा उपविजेताले ८ लाख रुपैयाँ पाउनेछन्। तेस्रो हुने टोलीले ५ तथा चौथो टोलीलाई ३ लाख रुपैयाँ दिईनेछ।

लिगको उद्घाटन र समापन त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुनेछ भने बाँकी खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .