भारतीय संचारमाध्यम एनडीटीभीका अनुसार चीनले भारतको साढे ४ किलोमिटर जमिन अतिक्रमण गर्दै बस्ती बसाएको हो।
भूउपग्रहले खिचेको तस्बिरहरुमा पनि चिनियाँहरुले बस्ती बसाएको प्रस्ट देखिएको जनाइएको छ।
उक्त बस्ती अप्पर सुबानसिरी जिल्लास्थित सारी सु खोलाको किनारमा निर्माण गरिएको छ। सो क्षेत्रमा चीनले आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ।
गतवर्षको जुन महिनामा भारत र चीनका सेनाबीच विवादित मानिएको गलवान उपत्यकामा झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो।

उक्त समयदेखि चर्किएको सीमा विवाद हालसम्म समाधान भएको छैन। यस क्रममा फेरि भारतको अरुणाचल प्रदेशमा चीनले सीमा मिचेर बस्ती बनाएको खबर आएको हाे।
यस कार्यले थप द्वन्द्व चर्किने अनुमान गरिएको छ। चीनले गतवर्ष भित्रमा नै उक्त बस्ती बसाएको बताइएको छ।
चीनले केही समय अगाडि मात्र भारतले प्रदेश मान्दै आएको अरुणाचल क्षेत्रलाई आफ्नो भूमि भएको बताएको थियो।
चीन अरुणाचल प्रदेशलाई आफ्नो दक्षिण तिब्बती क्षेत्र भएको बताउँछ।

यो पनिः अरुणाचललाई तिब्बतको क्षेत्र भएको दाबी गर्ने चीनले त्यस नजिकै बसायो बस्ती
अरुणाचल प्रदेश हाम्रो दक्षिण तिब्बती क्षेत्र हो, भारतको दाबी अमान्यः चीन

प्रतिक्रिया