राजनीति


अरुणाचललाई तिब्बतको क्षेत्र भएको दाबी गर्ने चीनले त्यस नजिकै बसायो बस्ती

अरुणाचललाई तिब्बतको क्षेत्र भएको दाबी गर्ने चीनले त्यस नजिकै बसायो बस्ती

नेपालखबर
मंसिर २१, २०७७ आइतबार १२:३०,

एनडीटीभीका अनुसार चीन, भारत र भुटानसँगको त्रिदेशीय सीमा नजिकैका क्षेत्रमा चीनले बस्ती बसाएको हो।

त्रिदेशीय सीमा बम ला पासदेखि ५ किलोमिटर टाढा मात्र उक्त गाउँहरु बसाइएको छ।

हालै चीनले भुटानको भूमिमा गाउँ बसाएको भन्ने समाचारहरु सार्वजनिक भएको थियो। त्यसबेला भूउपग्रहको तस्बिरहरु सार्वजनिक भएको थियो, त्यहाँ भुटानी क्षेत्रमा चिनियाँ गाउँ रहेको दाबी गरिएको थियो।

यसबीचमा चीनले फेरि भारतीय सीमा नजिक बस्ती बसाएको दाबी गरिएको छ।

अमेरिकी कम्पनी प्लानेट ल्याबको भूउपग्रह तस्बिरहरुमा चीनले अरुणाचल प्रदेश नजिकै बस्ती बसाएको देखिएको छ।

चिनियाँ गतिविधि नजिकैबाट नियालिरहेका डाक्टर ब्रम्हा चेलानी भन्छन्,‘चीनले हान चाइनिज र तिब्बती कम्युनिष्ट पार्टीका सदस्यहरूलाई भारतको सीमामा बसोबास गराउन र सीमामा घुसपैठ बढाउने रणनीति प्रयोग गरिरहेको छ।’

दक्षिण चीन सागरमा माझी र भारतको हिमाली सीमामा चीनले गोठालाहरुको प्रयोग गरेर घुसपैठको प्रयास गरेको पनि उनको भनाइ छ।

चीन र भारतबीच अहिले सीमा गतिरोध जारी छ। गत जुन १५ मा गलवान उपत्यकाको स्वामित्वको विषयमा दुई देशका सेनाबीच झडप नै भएको थियो। त्यसबेला २० भारतीय सेनाको मृत्यु भएको थियो।

हालसम्म पनि उक्त सीमा विवादमा सम्झौता हुन सकेको छैन। यसबीचमा चीनले अरुणाचल प्रदेश नजिकै आफ्नो गतिविधि बढाउन थालेको देखिएको हो।

गत सेप्टेम्बर महिनामा मात्र चीनले अरुणाचल प्रदेश भन्ने क्षेत्रलाई चीनले मान्यता नदिएको र त्यो इलाका चीनको दक्षिण तिब्बली क्षेत्र भएको दाबी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad