राजनीति


ह्वाइट हाउस छाड्नै लाग्दा सयभन्दा बढीलाई माफी दिँदै ट्रम्प, सूचीमा ठग र अपराधी!

ह्वाइट हाउस छाड्नै लाग्दा सयभन्दा बढीलाई माफी दिँदै ट्रम्प, सूचीमा ठग र अपराधी!

नेपालखबर
माघ ५, २०७७ सोमबार ७:१६,

राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक नेता जो बाइडेनले जनवरी २० मा नयाँ राष्ट्रपतिको रुपमा सपथ लिनेछन्।

अर्कोतर्फ राष्ट्रपतिको निर्वाचनमा पराजित डोनाल्ड ट्रम्पले सोही दिनदेखि राष्ट्रपतिको कार्यालय छाड्नु पर्नेछ।

ह्वाइट हाउस छाड्ने समय दुईदिन मात्र बाँकी रहँदा ट्रम्पले सयभन्दा बढीलाई माफी दिने योजना बनाएको रोयटर्सले जनाएको छ।

मंगलबार अर्थात् राष्ट्रपतिको कार्यकाल सकिन एकदिन अगाडि उनले सयभन्दा बढीको सजायलाई माफ दिने अथवा कडा सजाय भोगिरहेकाको सजाय घटाउने बताइएको छ।

सीएनएनका अनुसार ट्रम्पले वित्तीय अपराधमा संलग्न भएका व्यक्तिहरु, ठगीमा संलग्न भएका व्यक्तिहरुलाई तथा हाल जेल सजाय भोगिरहेका चर्चित कलाकारलाई माफीको सूचीमा राखेका छन्।

समाचारका अनुसार फ्लोरिडाको पाम बिचका डाक्टर सालमन मेल्गनको सजायलाई घटाउने पक्षमा ट्रम्प छन्। हाल जेलमा रहेका उनीमाथि स्वास्थ्य सेवामा धोखाधडी गरेको दर्जनौं आरोप छ।

ट्रम्पले आफैंलाई पनि माफीको सूचीमा राख्ने मनसाय बनाएको तर त्यसो गर्दा जनताको नजरमा उनी खराब राष्ट्रपति कहलिने सुझाव आएपछि उनले आफ्नो नाम यस सूचीमा नराखेको रोयटर्सले स्रोतलाई उदृत गर्दै जानकारी दिएको छ।

गत जनवरी ६ मा ट्रम्पकै उक्साहटमा अमेरिकी संसद भवनमा आक्रमण भएको भनेर यतिबेला सर्वत्र आलोचना भइरहेको छ। सोही कारण उनीमाथि एकै कार्यकालमा दुईपटक महाभियोग समेत लागेको छ।

यदी सिनेटमा महाभियोग प्रस्ताव पारित भए उनले सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनमा सहभागी हुन नपाउने बताइएको छ।

ट्रम्पलाई उनका सल्लाहकारहरुले संसद तोडफोडमा संलग्न भएकालाई पनि माफीको सूचीमा नराख्ने सुझाव दिएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad