रुपन्देहीमा ५ वर्षीया बालिका बलात्कृत भएकी छन्। पीडित बालिकाको अहिले काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ।
उनको स्वास्थ्य अहिले सुधारोन्मुख रहेको रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए।
डीएसपी थापाका अनुसार घटना यही माघ १ गते रातिको हो। जिल्लाको तिलोत्तमा नगरपालिका १५, कोटिहवाकी ती बालिका पसल जाँदै थिइन्। त्यही क्रममा कपिलवस्तुको वाणगंगा नगरपालिका-१० घर भई हाल तिलोत्तमा नगरपालिकाकै वडा नम्बर १३ बबनी बस्ने होमबहादुर विकले उनलाई बलात्कार गरेका हुन्।
अबेरसम्म बालिका नफर्केपछि प्रहरी र स्थानीय मिलेर खाेजी गर्दा घरबाट केही पर खेतनजिकै खोल्सामा बालिका अचेत अवस्थामा फेला परेकी थिइन्। रक्सी खाएर मातेका विकले बाटोमा हिँडिरहेकी बालिकालाई बलात्कार गरेका थिए।
‘अभियुक्त २८ वर्षीय विकलाई हामीले त्यही दिन नियन्त्रणमा लिएर हिरासतमा राखेका छौं,’ डीएसपी थापाले भने।
प्रहरीका अनुसार बालिकाको गुप्ताङ्ग क्षतविक्षत थियो, मुख तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको थियो।
रूपन्देहीको सरकारी अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार हुन नसकेपछि पीडित बालिकालाई काडमाडौं पठाइएको रूपन्देही जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
‘अहिले अवस्था सुधारोन्मुख रहेको जानकारी पाएका छौं,’ डीएपसी थापाले सोमबार दिउँसो नेपालखबरसँग टेलिफोनमा भने।
Shares

प्रतिक्रिया