राजनीति


परराष्ट्रमन्त्री ज्ञवालीलाई मोदीले भेटसम्म नदिनु सामान्य शिष्टाचारका हिसाबले पनि अशोभनीय : लोहनी

परराष्ट्रमन्त्री ज्ञवालीलाई मोदीले भेटसम्म नदिनु सामान्य शिष्टाचारका हिसाबले पनि अशोभनीय : लोहनी

नेपालखबर
माघ ४, २०७७ आइतबार ५:२२,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेट्नुलाई सामान्य शिष्टाचारका हिसाबले पनि अशोभनीय भएको बताएका छन्।

आइतबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विटले लेख्दै पूर्वमन्त्री समेत रहेका लोहनीले नेपालजस्तो मित्र देशको परराष्ट्रमन्त्रीलाई औपचारिक भ्रमणमा बोलाएर भारतीय प्रधानमन्त्री मोदीले भेटसम्म नदिनु सामान्य शिष्टाचारका हिसाबले पनि अशोभनीय घटना भएको बताए।

उनले यस्तो किन भयो भन्ने विषयमा दुवै देशले सोच्नु पर्ने बताए।

‘नेपालजस्तो मित्र देशको पररास्ट्र मन्त्रीलाई औपचारिक निमन्त्रणमा बोलाएपछि भारतको प्रधानमन्त्रीले भेटसम्म नदिनु सामान्य शिष्टाचारको हिसाबले पनि अशोभनीय घटना हो। यस्तो किन भयो? नेपाल र भारत दुवै ले सोच्नु पर्यो’, ट्विटरमा अध्यक्ष लोहनीले लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad