पदबाट बिदा हुने अन्तिम समय आइसक्दा पनि चीनप्रति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामकतामा कुनै कमी आएको छैन।
यही जनवरी २० तारिख सत्ताबाट हट्नुपर्ने ट्रम्पले जाँदाजाँदै चीनलाई अर्काे एक झट्का दिएका हुन्।
बीबीसीका अनुसार ट्रम्प प्रशासनले चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाएकाे हाे। साथै ट्रम्पले संघीय सरकारलाई चीनबाट हुने प्राविधिक वस्तुको आयात रोक्न थप अधिकार प्रदान गरेका छन्।
उनको सरकारले चीनको सरकारी कम्पनी चाइना नेसनल अफसोर आयल कर्पाेरेसन र मोबाइल फोन निर्माता कम्पनी साओमीलाई कालोसूचीमा राखिदिएको हो।
साथै अमेरिकाको वाणिज्य मन्त्रालयले ती देशबाट आयात बन्द गर्ने निर्णय गरेको छ, जहाँबाट असुरक्षाकाे जोखिम छ।

प्रतिक्रिया