कारोबार


माछापुच्छ्रे कृति क्यापिटलको एकीकृत कारोबार सुरु

माछापुच्छ्रे कृति क्यापिटलको एकीकृत कारोबार सुरु

नेपालखबर
माघ २, २०७७ शुक्रबार १४:७,

माछापुच्छ्रे क्यापिटल लि. र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स लि. एक आपसमा गाभिई ‘माछापुच्छ्रे कृति क्यापिटल लि.’ को नामबाट एकीकृत कारोबार सुरु भएको छ।

उक्त मर्चेन्ट बैंकरको बागदरवार, सुन्धार स्थित केन्द्रीय कार्यालयमा आज एक कार्यक्रमबीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले उद्घाटन गरे।

कार्यक्रममा बोर्ड अध्यक्ष ढुंगानाले माछापुच्छ्रे कृति क्यापिटल लि.लाई व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्दै नेपालको पूँजीबजारमा मर्चेण्ट बैंकरको प्रवेश भएको २७ वर्षभन्दा बढी भइसकेको र पछिल्लो समय यो व्यवसाय क्रमशः विकास हुँदै गइरहेकोले मर्चेण्ट बैंकरले आफ्नो प्रतिष्पर्धात्म कक्षमता अभिबृद्धि गर्दै जानुपर्ने बताए।

उनले विकशित देशमा बजार पूँजीकरण भन्दा ३-४ गुणासम्म सामूहिक लगानी कोषमार्फत् पूँजी परिचालन हुने गरेको सन्दर्भमा नेपालमा समेत यसको व्यापक सम्भावना रहेकोले यसको विकासमा मर्चेण्ट बैंकरले भूमिका खेल्नुपर्ने बताए।

त्यस्तै, उनले संस्थागत परामर्श सेवा, विशिष्टिकृत लगानी कोष (प्राइभेट इक्विटि, भेञ्चर क्यापिटल) व्यवस्थापन, ऋणपत्र तथा स्वपूँजीलगानी परामर्श, निश्चित प्रतिशत प्रतिफल सुनिश्चितता सहितको लगानी परामर्श सेवा, विदेशी संस्थागत लगानीकर्ता तथा गैर आवासीय नेपालीमार्फत् विदेशी श्रोतको परिचालन लगायतमासमेत मर्चेण्ट बैंकरले भूमिका खेल्नुपर्नेमा विशेष जोड दिए।

साथै, उनले मर्जपश्चात् उच्च व्यवस्थापन र कर्मचारी समेतको उचित व्यवस्थापन हुनसके मात्र मर्ज सफल हुने भएकोले यस विषयमा माछापुच्छ्रे कृति क्यापिटल लि.ले विशेष ध्यान पु-याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad