राजनीति


इन्डो–प्यासिफिक रणनीतिसम्बन्धी अमेरिकी गोप्य रिपोर्टबाट चीन आक्रोशित, दियो यस्तो प्रतिक्रिया..

इन्डो–प्यासिफिक रणनीतिसम्बन्धी अमेरिकी गोप्य रिपोर्टबाट चीन आक्रोशित, दियो यस्तो प्रतिक्रिया..

नेपालखबर
माघ १, २०७७ बिहिबार १०:४९,

उक्त रिपोर्टमा एसिया प्रशान्त रणनीति ‘इन्डो–प्यासिफिक’को विषय समेटिएको अमेरिकी वेबसाइट एक्सिओसले जनाएको छ।

एक्सिओसले उक्त प्रतिवेदनको प्रतिलिपी अध्ययन गरेको जानकारी दिँदै ट्रम्प प्रशासनले इन्डो–प्यासिफिक रणनीतिमा भारतलाई अगाडि बढाउने योजना बनाएको बताएको छ।

चीनसँग प्रतिस्पर्धा गर्नका लागि भारतलाई यस रणनीतिमा समावेश गरिएको उल्लेख गरिएको छ।

एक्सिओस न्युजका अनुसार रिपोर्टमा वैश्विक सुरक्षा चुनौतीसँग जुध्ने विषयमा साथै अमेरिकाको वैश्विक रणनीतिको धेरै पक्ष उल्लेख गरिएका छन्।

यस दस्तावेजमा चीनलाई समस्या र चिन्ताको रुपमा व्याख्या गरिएको छ। उत्तर कोरियालाई पनि चीनजस्तै खतराको रुपमा प्रस्तुत गरिएको छ।

चीनसँग प्रतिस्पर्धा गर्न यस क्षेत्रका गठबन्धनहरूले अमेरिकासँग मिलेर काम गर्नुपर्ने र उदार अर्थव्यवस्था अपनाउनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

उक्त प्रतिवेदनमा चीनसँग प्रतिस्पर्धा गर्न भारतसँग सैन्य, गुप्तचर र कूटनीतिक समर्थन बढाउनु पर्नेमा जोड दिइएको छ।

एक्सिओसका अनुसार दक्षिण र दक्षिण–पूर्वी एसियामा चीनको विस्तारलाई रोक्न भारतसँग सैन्य सहयोग अगाडि बढाउनुपर्ने बताइएको छ।

रिपोर्टमा चीनले पुरै क्षेत्रमा अमेरिकी गठबन्धनलाई कमजोर बनाएर ठूलो खेलाडी बन्न चाहेको उल्लेख गरिएको छ। मजबुत भारतबाट चीनको बढ्दो शक्तिलाई सन्तुलन गर्न सकिने त्यहाँ जनाइएको छ।

बिहीबार यस गोप्य प्रतिवेदनको विषयमा प्रतिक्रिया जनाउँदै चीनले आफू खुलेर प्रतिस्पर्धा गर्ने देश भएको बताएको छ।

चीनको विदेशमन्त्रालयले इन्डो–प्यासिफिक रणनीति चीनलाई रोक्न र दबाउन मात्र ल्याइएको बताउँदै यसले यस क्षेत्रमा शान्ति र स्थिरता भंग गर्ने बताएको छ।

इन्डो–प्यासिफिक रणनीतिलाई चीनले अधिनायकवादी रणनीतिको संज्ञा दिएको छ। चीनले अमेरिकाले शीतयुद्धको मानसिकता राखेको आरोप लगाउँदै यसले सैन्य टकरावलाई उकास्ने खतरा भएको बताएको छ।

यस रणनीतिले क्षेत्रीय पारस्परिक फाइदाका लागि भएको सहयोगलाई नष्ट गर्ने पनि चीनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad