राजनीति


सञ्चारमन्त्री गुरुङ भन्छन्ः ताजा जनादेशमा जाने कुरा प्रतिगामी होइन, अग्रगामी

सञ्चारमन्त्री गुरुङ भन्छन्ः ताजा जनादेशमा जाने कुरा प्रतिगामी होइन, अग्रगामी

नेपालखबर
माघ १, २०७७ बिहिबार १०:४८,

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई संकटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नु परेको बताएका छन्।

मन्त्री गुरुङले ताजा जनादेश लिएर मुलुकलाई सही निकास दिन घोषणा गरिएको निर्वाचन प्रतिगामी नभई अग्रगामी भएको पनि स्पष्ट पारे।

‘मुलुकलाई संकटबाट निकास दिन ताजा जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गरिएको हो,’ बिहीबार भक्तपुरमा आयोजित एक टेलिभिजन कार्यक्रममा उनले भने, ‘जनताको ताजा जनादेश लिएर मुलुकलाई निकास दिन सम्माननीय प्रधानमन्त्रीज्यूले चाल्नुभएको यस कदम प्रतिगामी नभई अग्रगामी हो।’

मन्त्री गुरुङले ताजा जनादेशमा जाने सरकारको निर्णय सही भए नभएको छुुट्याउने काम जनताले निर्वाचनबाटै गर्ने पनि बताए। लोकतान्त्रिक गणतन्त्रमा ताजा जनादेशमा जाने कुरा असंवैधानिक, प्रतिगामी हुनै नसक्ने मन्त्री गुरुङको तर्क थियो।

उनले जनतालाई सही सूचना दिने गरी सञ्चार प्रवाह गर्न सञ्चार माध्यामहरुलाई आग्रह गरे। मन्त्री गुरुङले सञ्चारमैत्री नीति निर्माणमा आफूू केन्द्रित भएको पनि दोहोर्‍याए। त्यसका लागि आफूले सरोकारवाला निकायहरुसँगको सहकार्यमा जोड दिएको उनको भनाई थियो।

मन्त्री गुरुङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका कारण सञ्चार क्षेत्रलगायतका कुनै पनि व्यवसायमा नकारात्मक असर नपर्ने दावी पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad