राजनीति


माघी पर्वमा शुभकामना दिँदै प्रचण्ड-नेपालले भने : सरकारबाट गणतन्त्र र संविधानमाथि प्रहार

माघी पर्वमा शुभकामना दिँदै प्रचण्ड-नेपालले भने : सरकारबाट गणतन्त्र र संविधानमाथि प्रहार

नेपालखबर
माघ १, २०७७ बिहिबार ३:४७,

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले माघी पर्वको अवसरमा शुभकामना सन्देश जारी गरेका छन्।

माघीको अवसरमा बिहीबार बिहान जारी शुभकामना सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्नसमेत नागरिकलाई अपिल गरिएको छ।

‘नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको छ,’ शुभकामनामा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न यस पर्वको अवसरमा आदिवासी जनजाति लगायत सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछौं।’

शुभकामना सन्देशमा विभिन्न भू–भागमा छरिएर रहेका समुदायका यस्ता चाडपर्वहरु राष्ट्रको समुच्च मौलिक पहिचान भएको उल्लेख छ।

‘भौगोलिक विविधतायुक्त नेपालका सामुदायिक सांस्कृतिक सहिष्णुता र पारस्परिक एकता परम्परागत धरोहर हुन् । यिनै मार्फत नेपालीहरुमा आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको विकास भएको हो,’ शुभकामनामा भनिएको छ, ‘नेपाली जनताको आपसी एकताबाट पैदा भएको परिवर्तनकामी सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको हो।’

139037274 1787033674805821 5694760393773201980 o

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad