समाज


भद्रकालीको आकाशे पुलमुनि बस पल्टियो, चालकसहित ३ जना घाइते

भद्रकालीको आकाशे पुलमुनि बस पल्टियो, चालकसहित ३ जना घाइते

नेपालखबर
माघ १, २०७७ बिहिबार ३:४३,

काठमाडौंको पुरानाे बसपार्कबाट थानकोटतर्फ आउँदै गरेको बस आज (बिहीबार) बिहान भद्रकालीस्थि पुलमुनि पल्टिएको छ।

सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तका प्रहरी निरीक्षक वेदबहादुर पौडेलले दिएको जानकारीअनुसार थानकोट चन्द्रागिरि नगर यातायातको बा ३ ख ४४३७ नम्बरको बस बिहान पौने ८ बजेतिर अनियन्त्रित भई सडकमा पल्टिएको हो।

प्रहरी वृत्तका अनुसार दुर्घटनामा बसका चालक नुवाकोट भेरीकोटका २४ वर्षीय अर्जुन तामाङ, भक्तपुर निवासी २८ वर्षीया विमला बुढा मगर र उनकी छोरी ६ वर्षीया नितु घाइते भएका छन्।

घाइतेमध्ये चालककाे अवस्था अलि गम्भीर छ भने दुई यात्रुकाे अवस्था सामान्य रहेकाे प्रहरी निरीक्षक पाैडेलले जानकारी दिए।  

घाइतेहरुकाे उपचार ट्रमा सेन्टरमा भइरहेकाे छ। 

‘बसमा ४-५ जना मात्र यात्रु रहेछन्,’ प्रहरी निरीक्षक पौडेलले नेपालखबरसँग भने, ‘अन्य भने सकुशल छन्।’

तीव्र गतिका कारण बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। अहिले बस सडकबाट उठाइसकिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad