अमेरिकाको संसद्की अध्यक्ष नान्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पारित महाभियोग प्रस्तावमा हस्ताक्षर गरी त्यसलाई आधिकारिता प्रदान गरेकी छन्।
स्थानीय समयअनुसार बुधबार तल्लो सदनबाट पारित महाभियोग प्रस्ताव अब माथिल्लो सदनमा पठाइनेछ।
याे पनि : अमेरिकाका राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित
बीबीसीका अनुसार महाभियाेग प्रस्तावमा हस्ताक्षर गर्दै पेलोसीले भनिन्, ‘आज सदनले प्रमाणित गरेको छ कि कानुनभन्दा माथि कोही छैन, अमेरिकाको राष्ट्रपति पनि। डोनाल्ड ट्रम्प स्पष्ट रूपमा देशका लागि एउटा खतरा हो र हामी अमेरिकाको संविधान बचाउन जुन शपथ लिएका थियौं, आज फेरि एकपटक त्यसको सम्मान गर्छाैं। र, अब म अत्यन्त दुःख एवं भारी मनका साथ देशका लागि त्यस्तो राष्ट्रपतिको के अर्थ, जो आफैं हिंसाका लागि उक्साउँछन्, महाभियोग प्रस्तावमा हस्ताक्षर गर्छु।’
याे पनि : आफूविरुद्ध महाभियोग प्रस्ताव पारित हुनासाथ ट्रम्पले भाका फेर्दै जारी गरे भिडिओ सन्देश

प्रतिक्रिया