नेकपा (प्रचण्ड-नेपाल) पक्षका नेता भीम रावलले भारतीय जी न्युज प्रकरण प्रधानमन्त्री केपी शर्मा ओलीकाे राष्ट्रहित विरोधी कार्यको अर्काे उदाहरण भएकाे आरोप लगाएका छन्।
नेपालविरोधी अभियान चलाउने जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीलाई बालुवाटारमा स्वागत गर्दै सगरमाथामा भारतको दाबी प्रस्तुत गर्ने राष्ट्रियताविरोधी वातावरण बनाएको टिप्पणी गरेका हुन्।
पूर्व गृहमन्त्रीसमेत रहेका नेता रावलले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालविरोधी अभियान चलाउने भारतीय जीन्युजका सुधीर चौधरीलाई बालुवाटारमा अन्तर्वार्ता दिनुका साथै कालापत्थर घुम्ने प्रबन्ध गरी निजले सगरमाथामा ‘भारतले दाबी गर्नुपर्छ’ भन्ने जस्तो निन्दनीय अभिव्यक्ति दिने स्थिति सिर्जना गर्नु प्रम केपीको राष्ट्रहित विरोधी कार्यको अर्को उदाहरण हो।’
प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिन शनिबार नेपाल आएका भारतीय टेलिभिजन जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले कालापत्थरमा गएर सगरमाथाबारे नेपालको राष्ट्रियतामा गम्भीर आघात पर्ने आपत्तिजनक रिपोर्ट प्रसारण गरेका थिए।
याे पनि :
माफी माग्दै जीन्युजका सम्पादकले भने– सगरमाथा नेपालकै हो, भारतले खोस्न खोजेको हैन (भिडियो)

प्रतिक्रिया