प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई लक्षित गरी ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा सर्च अप्रेसन चलाएको छ।
बुधबार जारी अप्रेसनमा हालसम्म तीन नेता पक्राउ गरिसकिएको र अप्रेसन जारी रहेको प्रहरीको उच्च श्रोतले जानकारी दिएको छ।
अप्रेसनमा विभिन्न युनिटबाट ७० जना प्रहरीको टोलीले त्यस क्षेत्रमा घेराबन्दी गरेर प्रहरी स्रोतले बताएको छ।
पक्राउ पर्नेमा विप्लव समूहका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’सहित अन्य केही नेताहरु रहेको प्रहरीले जनाएको छ।
‘अहिलसम्म हामीले नेता धर्मेन्द्र बास्तोलासहित तीन जना पक्राउ परिसकेका छन्, अन्य नेताहरु पनि त्यहाँ भएको आशंकामा सर्च अप्रेसन जारी छ’, स्रोतले नेपालखबरसँग भन्यो।
राजधानीमा लक्षित गरी विप्लव समूहले गतिविधि बढाइरहेको सूचनापछि प्रहरीले सो समूहलाई लक्षित गरेर अप्रेसन सुरु गरेको हो। केही दिनदेखि त्यस क्षेत्रमा विप्लव समूहका नेताहरुको चहलपहल बढेको सूचनापछि प्रहरीले घेराबन्दी गरेको हो।

प्रतिक्रिया