बुधबार चीनमा पाँच महिनामै पहिलोपटक सबैभन्दा धेरै संक्रमित देखिएको छ।
गएको २४ घण्टामा चीनमा ११५ नयाँ संक्रमित थपिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ।
मंगलबार मात्र चीनमा ५५ संक्रमित देखिएका थिए। हाल देखिएका संक्रमितमध्ये ९० संक्रमित राजधानी बेइजिङको भएको र अन्य संक्रमित हिबे प्रान्तको भएको बताइएको छ।
यतिबेला बेइजिङसँगै हिबे प्रान्तको तीन शहरमा लकडाउन गरिएको र त्यहाँ कोरोना परीक्षणलाई तीव्रता दिइएको छ।

प्रतिक्रिया