प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा पहिल्यैदेखि गुटवादी प्रवृत्ति रहेको बताएका छन्।
मंगलबार पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको गुटवादी प्रवृत्ति झ्यांगिदै अहिलेको अवस्थामा आएको बताएका हुन्।
‘ओलीमा पहिल्यैदेखि गुटवादी प्रवृत्ति थियो, त्यही प्रवृत्ति झ्यांगिदै अहिलेको अवस्थामा आएको हो’, उनले भने।
अध्यक्ष नेपालले प्रधानमन्त्री ओली इमान्दारिता नरहेको र सधैँ धोका धाकधम्कीको राजनीति गर्दै आएको आरोप लगाए। उनले प्रचण्ड र आफूलाई फुटाल्न अनेकौँ प्रयास गरे पनि ओली सफल भएको दावी गरे।
‘उहाँ (ओली) प्रचण्डलाई बोलाएर माधवले तपाईलाई धोका दिन्छन् तपाईले झेल्नुभएकै छैन भन्न्ुहुन्छ, त्यसको केही समयमै मलाई बोलाइएर प्रचण्डले धोका दिन्छन् भनेर एकै समयमा दुई जनालाई भिन्न भिन्न कुरा गर्नुहुन्छ’, उनले भने।
उनले अध्यक्ष प्रचण्ड र आफू मिलेर पार्टी चलाउन र त्यसबाट कुनै समस्या नहाउने बताए।
Shares

प्रतिक्रिया