काठमाडौंको मनमैजुबाट संरक्षित वन्यजन्तु बाघको छालासहित एक जना पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा गएको महानगरीय अपराध महाशाखाको टोलिले तारकेस्वर नगरपालिका–९ मनमैजुबाट बृषराज घलेलाई पक्राउ गरेको हो।
कोठामा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको बाघको छालासहित पक्राउ परेका घलेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया