नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ।
सोमबार एक विज्ञप्ति प्रकाशित गरी प्रवक्ता रामप्रकाश पुरीले आजको एकीकृत नेपालको निर्माणका लागि पृथ्वीनारायण शाहको ऐतिहासिक योगदान रहेको बताउँदै सरकारसँग राष्ट्रिय एकता दिवस कार्यान्वयन गर्न माग गरेका हुन्।
‘पृथ्वीनारायण शाहले राज्यविस्तारको अभियान जुनसुकै उद्देश्य राखेर शुरु गरेको भएपनि त्यसको दीर्घकालिक परिणामको रुपमा एकीकृत नेपालको निर्माण हुन गएको थियो’ विज्ञप्तिमा भनिएको छ, ‘आजको एकीकृत नेपालको निर्माणका लागि पृथ्वीनारायण शाहको ऐतिहासिक योगदान रहेको कुरा प्रष्ट छ।’
मसालले देशको राष्ट्रियता, क्षेत्रीय अखण्डता र सामाजिक सद्भावलाई अक्षुण्ण राख्दै नेपाललाई सार्वभौमिक स्वतन्त्र र स्वाधीन मुलुकको रुपमा कायम राखिराख्न पनि सबैले योगदान दिनुपर्नेमा जोड दिएको छ।
नेपालको एकीकरणका लागि पृथ्वीनारायण शाहको ऐतिहासिक योगदानको कदर र सम्मान गर्नुपर्ने मसालले जनाएको छ।
Shares

प्रतिक्रिया