हिमालयन बैंक लिमिटेडको २८औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ।
कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित नेपाल कानुनअनुसार बोलाइएको बैंकको बार्षिक साधारण सभा कोभिड—१९को महामारीको कारण नेपाल सरकारद्वारा जारी स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालन गरिएको हो।
उक्त साधारणसभाले सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यो बोनस सेयरको वितरण पश्चात बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड ४४ लाख ८ सय २८ पुग्नेछ।
सभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६÷७७ को प्रतिवेदन प्रस्तुत गरिएको थियो। ग्राहकवर्गले बैंकप्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको जानकारी गराइयो।
यसका साथै २८ वर्ष देखि निरन्तर सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको तथा नवीन, सुरक्षित तथा अत्याधुनिक बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पु¥याउने लक्ष्यमा बैंक सदा झैं प्रतिबद्ध रहेको व्यहोरा सभा समक्ष व्यक्त गरियो।
हाल, बैंकले देशभर ७० शाखा, ४ विस्तारित काउन्टर, १४६ एटीएम र ४२ सयभन्दा बढी पीओएस टर्मिनल्स संख्याबाट सेवा प्रदान गर्दै आएकोे छ।
समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १६.६० प्रतिशतले वृद्धि भई १ खर्ब ३१ अर्ब ८६ करोड ३ लाख पुगेको छ। कर्जा सापट ९.२५ प्रतिशतले बढ्न गई १ खर्ब ७ अर्ब २९ करोड ४८ लाख पुगेको छ।
यस अवधिमा बंैकको निष्क्रिय कर्जा १.०१ प्रतिशतमा सीमित गरिएको छ। कोभिड महामारीको बीच पनि बंैकको समग्र वित्तीय अवस्थाको प्रगतिप्रति सेयरधनी महानुभावहरु सन्तोष व्यक्त गरे।

प्रतिक्रिया