प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चार प्रधानन्यायाधीशहरु माथि गरेको टिप्पणीलाई लिएर प्रश्न उठाएका छन्।
आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत नेता भट्टराईले पूर्व प्रधानन्यायाधीशहरुले संविधान र कानुनका विषयमा राय दिनु वैधानिक र जायज भएको बताएका छन्।
पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताउँदै संयुक्त विज्ञप्ति जारी गरेपछि प्रधानमन्त्री ओलीले त्यसको विरोध गर्दै आएका छन्।
पूर्वमन्त्री समेत रहेका भट्टराईले पूर्व प्रधानन्यायाधीशहरुले संविधान र कानुनका विषयमा राय नदिएर फिल्म समीक्षाका बारेमा दिनुपर्ने हो भनि प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्। उनले सत्ता र शक्तिका बललमा नैतिकतामाथि धावा नबोल्न प्रधानमन्त्री ओलीलाई चेतावनी समेत दिएका छन्।
‘लामो समय सर्वोच्च न्यायलयमा जिम्मेवारी लिएर स्वच्छ र नैतिक बलसहित सेवाबाट अवकास लिएका श्रीमानहरुले संविधान र कानुनका मामलामा राय नदिएर, के फिल्मको समीक्षामा राय दिनु पर्ने हो’, भट्टराईले फेसबुकमा लेखेका छन्, ‘शत्ता र शक्तिका बलमा नैतिकतामाथि धावा नबोल।’
उनले पूर्व राजा ज्ञानेन्द्रले गठन गरेको शाही आयोगलाई खारेज गर्ने यिनै न्यायाधीशहरु रहेको बताउँदै उनीहरुको साहस र इमानको इतिहासले सम्मान गर्ने बताएका छन्।
‘ज्ञानेन्द्रको शासनकालमा ज्ञानेन्द्रले गठन गरेको शाही आयोगलाई खारेज गर्ने यिनै श्रीमानहरुनै हुन। सलाम श्रीमानहरु तपाईंहरुको साहस र इमानको इतिहासले सम्मान गर्नेछ’, भट्टराईले लेखेका छन्।
लामो समय सर्बोच्च न्यायलयमा जिम्मेवारी लिएर स्वच्छ र नैतिक बल सहित सेवाबाट अवकास लिएका श्रीमानहरुले संबिधान र कानुनका...
Posted by Yogesh Bhattarai on Sunday, January 10, 2021

प्रतिक्रिया