हालसम्म भारतमा भारतमै निर्माण भएको कोभ्याक्सिन र अक्सफोर्डको कोभिसिल्ड भ्याक्सिनले प्रयोगका लागि अनुमति पाएको छ।
यसबीचमा छत्तीसगढ राज्यले भारतमै निर्माण भएको कोभ्याक्सिनमाथिको विश्वसनियतामा प्रश्न चिन्ह खडा गरेको छ।
छत्तीसगढका स्वास्थ्यमन्त्री टीएस सिंहदेवले तत्काललाई कोभ्याक्सिन प्रयोगमा नल्याउने बताएका छन्।

उनले आइतबार पत्रकार सम्मेलनमा कोभ्याक्सिनको प्रभावकारीताबारे परीक्षण नभएकाले यसको प्रभाव कति छ भनेर आफूहरुलाई थाहा नभएकाले यस खोप प्रयोग नगर्ने बताएका हुन्।
सिंहदेवका अनुसार भारतमै निर्माण भएको यस खोपको तेस्रो चरणको परीक्षण भएको छैन।
We do not support the use of #COVAXIN in the vaccination process in Chhattisgarh for one simple reason - It is NOT SAFE to use any vaccine unless it has completed the recommended testing process with absolute authentication and success. (1/3) pic.twitter.com/Y2yN3sS953

प्रतिक्रिया