राजनीति


पार्टीले कारबाही गरिसकेका ओली अब गुटको मात्रै नेता : नेपाल

पार्टीले कारबाही गरिसकेका ओली अब गुटको मात्रै नेता : नेपाल

नेपालखबर
पुस २६, २०७७ आइतबार ६:५०,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली मदन भण्डारी फाउण्डेसन गुटको नेता भएको टिप्पणी गरेका छन्।

आइतबार बिहान जनकपुरमा प्रचण्ड–नेपाल समूहले आयोजन गरेको नेता–कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अनुशासनको कारबाही गरेर ओलीलाई अध्यक्षबाट हटाई सकिएकोले उनी गुटको नेता मात्र रहेको दावी गरे।

‘कसैलाई भ्रम नहोस् नेकपाको अध्यक्ष केपी ओली होइनन्, उनी मदनभण्डारी फाउण्डेसन गुटको नेता भइसकेका छन्। हामीले उनलाई कारबाही गरेर अध्यक्ष पदबाट मुक्त गरिसकेका छौं’, अध्यक्ष नेपालले भने।

अध्यक्ष नेपालले ध्वंसात्मक प्रवृतिका ओलीले पार्टीभित्र विवादको कारण देखाउँदै आफ्नो घरको साथै अरुको घरपनि जलाइदिने काम गरेर देशलाई अनिश्चितातर्फ धकेलेको आरोप लगाए।

उनले आधिकारिक र वैध नेकपा आफूहरु रहेको बताउँदै असंवैधानिक ‘कू’ गरेर देशलाई संकटमा धकेल्ने ओलीविरुद्ध सबै शक्ति मोर्चाबन्दी गरेर अघि बढ्नुको विकल्प नरहेको बताए। उनले आन्दोलनको लागि तयार रहन पार्टी नेता कार्यकर्तालाई  निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad