राजनीति


प्रचण्डले गर्न खोजेको ‘कू’लाई प्रधानमन्त्रीले असफल बनाइदिनुभो : मन्त्री थापा

प्रचण्डले गर्न खोजेको ‘कू’लाई प्रधानमन्त्रीले असफल बनाइदिनुभो : मन्त्री थापा

नेपालखबर
पुस २५, २०७७ शनिबार ७:२९,

खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले संसद विघटन प्रधानमन्त्रीको बाध्यकारी कदम भएको बताएका छन्।

शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा मन्त्री थापाले नेकपाभित्रको पार्टीभित्रैबाट असहयोग भएपछि र बहुमत प्राप्त प्रधानमन्त्रीलाई ‘कू’ गर्न थालेपछि संसद विघटन गरेको बताए।

उनले प्रचण्डले ‘कू’ गर्न खोज्दा प्रधानमन्त्री ओलीले असफल बनाएर देशलाई बचाएको दावी गरे।

‘प्रचण्डले पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीमाथि ‘कू’ गर्नु खोज्नुभयो,’ मन्त्री थापाले भने, ‘देशलाई ‘कू’को बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओली चुनावको बाटोमा जानुभयो।’ चुनावको विकल्प नभएको भन्दै त्यसविपरित गए प्रतिगमनको बाटोमा देश जाने उनको भनाइ थियो।

उनले देश चुनावको बाटोमा गइसकेको बताउँदै उनले कुनै पनि हालतमा प्रतिनिधि सभा कुनै पनि हालतमा पुनःस्थापना नहुने बताए।

मन्त्री खानका लागि लागि प्रचण्डको साथ छाड्नु भयो नि भन्ने प्रश्नको जवाफमा उनले आफू अहिलेसम्म चुनाव नलडेको र लड्ने अवसर पनि नपाएको बताउँदै प्रधानमन्त्रीले तपाईंजस्तो इमान्दार मान्छे सरकारमा जानुपर्छ भन्ने प्रस्ताव स्वीकार गरेको बताए। उनले आफूले प्रचण्डलाई धोका नदिएको बताउँदै बरु प्रचण्डले नै समकालीन नेता र प्रधानमन्त्री ओलीलाई समेत धोका दिएको बताए।

‘मैले कसैलाई धोका दिएको छैन’, उनले भने, ‘बरु  प्रचण्डले नै समकालीन नेताहरुलाई धोका दिँदै आउनुभएको छ, पछिल्लो चरण केपी शर्मा ओलीलाई पनि धोका दिनुभयो।’

उनले ओली नेकपाको प्रथम अध्यक्ष भएका कारण पार्टीको वैधानिकता पनि आफूहरुले पाउनु भएको छैन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad