ट्रम्पको कार्यकाल समाप्त हुनै लाग्दा उत्तर कोरियाली नेता किमले उत्तर कोरियाले आणविक हतियारलाई थप विस्तार गर्ने बताएका हुन्।
केसीएनएका अनुसार सत्तारुढ दल वर्कर्स पार्टीको सम्मेलनमा किमले अमेरिकामा जो राष्ट्रपति बनेपनि आफ्नो देशमाथिको उनीहरुको नीति परिवर्तन नहुने पनि उल्लेख गरे।
किमले देशले आणविक हतियारसहितको पनडुब्बी निर्माण गरिसकेको बताउँदै उत्तर कोरियाको सबैभन्दा ठूलो शत्रु नै अमेरिका भएको पनि जनाए।
किमले भनेका छन्,‘हाम्रो क्रान्तिको अवरोध र देशको ठूलो शत्रु अमेरिका हो। त्यहाँ सत्तामा जो आएपनि हामीमाथिको उनीहरुको नीति कहिल्यै परिवर्तन हुनेछैन।’
सो क्रममा किमले उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्ध बिच पनि लामो दुरीमा हार हान्नसक्ने क्षेप्यास्त्रसहित आणविक हतियारमा प्रगति गरेको उल्लेख गरे।
अमेरिकाले जनवरी २० देखि नयाँ राष्ट्रपति पाउँदैछ। अमेरिकाको नयाँ सरकारलाई दबाब दिनका लागि किमले आणविक हतियार विस्तार गर्ने बताएको विश्लेषण गरिएको छ।
उत्तर कोरियाले बारम्बार अमेरिकाले अन्तर्राष्ट्रिय प्रतिबन्धहरु हटाएमा आफूले क्षेप्यास्त्र कार्यक्रमलाई त्याग्ने बताउँदै आएकोछ।

प्रतिक्रिया