राजनीति


आफूलाई गणतन्त्रविरोधी भन्नेहरुलाई ओलीको जवाफ : गणतन्त्रकै लागि ५० वर्षअघि १४ वर्ष जेल बसेको हुँ

आफूलाई गणतन्त्रविरोधी भन्नेहरुलाई ओलीको जवाफ : गणतन्त्रकै लागि ५० वर्षअघि १४ वर्ष जेल बसेको हुँ

नेपालखबर
पुस २४, २०७७ शुक्रबार १०:३,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू गणतन्त्रका लागि ५० वर्ष अधि नै १४ वर्ष जेल बसेको बताएका छन्।

शुक्रबार आफू नेतृत्वको नेकपाले कैलालीको धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई संघीयता र गणतन्त्रविरोधी भन्नेहरुलाई जवाफ दिँदै आफू गणतन्त्रकै लागि १४ वर्ष जेल बसेको बताएका हुन्।

उनले अहिले देशमा अलिकति संकटको अवस्था देखिएको र आफूलाई गणतन्त्र विरोधीका रुपमा चित्रण गर्दै देशबाट गणतन्त्र र संघीयता जाने भयो भन्नेजस्ता कुरा उठेको बताए।

‘अहिले देशमा अलिकति संकटजस्तो स्थिति देखापरेको छ। गणतन्त्र, लोकतन्त्र, संघीयता, संविधान जाने भयो भनेर केही सडकमा कराइरहेका छन्’, उनले भने, ‘५० वर्षअघि गणतन्त्रका लागि मैदान उत्रिने अरू कोही थियो र? गणतन्त्रका लागि ५० वर्षअघि मैदानमा उत्रिँदा १४ वर्ष जेल बसेको मै हुँ।’

प्रधानमन्त्री ओलीले भारतीय नाकाबन्दी विरुद्धको आफ्नो लडाइमा जनताले साथ दिएका कारण चीनसँग नयाँ नाका र सडकमार्ग खोल्न सकिएको बताए। ‘भारतले लगाएको नाकाबन्दीको विरुद्ध लडेँ, तपाईँहरुले साथ दिनुभयो। तीनतिर बाटो खोल्यौं, नाका खोल्यौं’, उनले भने, ‘अहिले मुस्ताङबाट जाने नाका खोल्दैछौं।हुम्लाको सदरमुकाम सिमिकोटमा आगामी आर्थिक वर्षभित्र बाटो पुर्याउँछौं।’

प्रधानमन्त्री ओलीले आफूले आफूले भारतीले अतिक्रमण गरेको भूभाग समेटेर नयाँ नक्सा जारी गरेको बताउँदै नयाँ नक्सा सार्वजनिक गर्दा केही व्यक्तिमा भने छट्पट भएको बताए।

‘भारतले हडपेको भूमि समेटेर नक्सा जारी गर्दा हाम्रै केी नेताहरुलाई छटपटी भयो, अहिले राष्ट्रिय राजनीतिमा आएको हलचल क्सा छापेको कारण हो’, उनले भने, ‘नक्कली राष्ट्रवादी, पदका लागि लड्नेहरु, पद पाएका बेला खुशी हुनेहरु विरुद्धमा लागे।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad