राजनीति


केपी होइन, केपी प्रवृत्ति समस्या भयो : नेपाल

केपी होइन, केपी प्रवृत्ति समस्या भयो : नेपाल

नेपालखबर
पुस २३, २०७७ बिहिबार १२:४७,

प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षले केपी ओली अहिलेको समस्या नभइ ओली प्रवृत्ति समस्या भएको बताए।

प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रचण्ड–नेपाल समूहले बिहीबार राजधानीमा आयोजना गरेको नागरिक समाजसँगको अन्तर्क्रियामा अध्यक्ष नेपालले ओली प्रवृत्ति तानाशाही प्रवृति भएको र यसले लोकतन्त्र र संविधानमाथि धावा बोलेको बताएका हुन्।

‘केपी होइन, केपी प्रवृत्ति आज हाम्रो समस्या भएको छ’, अध्यक्ष नेपालले भने, ‘यो प्रवृत्ति निरंकुश तानाशाही प्रवृत्ति हो। यो प्रवृत्तिले लोकतन्त्रमाथि धावा बोलेको छ, संस्थागत प्रणालीमाथि धावा बोलेको छ, संविधानमाथि धावा बोलेको छ। समाजका सबै क्षेत्रलाई अस्तव्यस्त बनाएको छ।’ उनले यो प्रवृत्तिले प्राप्त उपलब्धि गुम्ने हुन कि भनने खतरा पैदा गरेको उनले् बताए। उनले यो प्रवृत्तिले कसैलाई बाँकी नराख्ने बताए।

उनले आफू निरंकुशतका नभइ लोकतानित्रक प्रणालीका पक्षमा रहेको र सबैको मान सम्ममान गर्ने बताए।

ओलीको निरंकुश कार्यशैलीको विषयमा आफूले पार्टीमा आवाज उठाउँदै आएको भन्दै उनले जनताका पीडा, समस्याका बारेमा पार्टीमा छलफलको विषय बनाए पनि छलफल नै नगरेको आरोप लगाए। उनले निरन्तर विधि, पद्दति , संस्कार र शैलीका विषयमा पार्टीमा छलफल भए पनि ओली सहभागी नभएको बताए।

‘ओलीको सरकार सञ्‍चालन र तौरतरिकाप्रति असन्तुष्टि भएर नै म संसदमा बोलेको थिएँ’, उनले भने, ‘मेरो देश डुब्नै लाग्यो किनारा लगाइदेउ, माझी छ कि कोही यो देश बचाइदेउ। त्यो भनेबापत केपी ओलीले मलाई खेदेको खेद्‌यै, खेदेको खेद्‌यै। केसम्म गर्नुभयो मैले भन्‍नु पर्दैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad