राजनीति


प्रचण्डले कसैको मन्त्रणामा देशविरुद्ध तानाबाना बुने शक्तिसंघर्ष कष्टकर : बास्कोटा

प्रचण्डले कसैको मन्त्रणामा देशविरुद्ध तानाबाना बुने शक्तिसंघर्ष कष्टकर : बास्कोटा

नेपालखबर
पुस २३, २०७७ बिहिबार १२:३५,

पूर्वमन्त्री गोकुल बास्कोटाले पत्नीको उपचारका लागि भारत गएका प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशीको इसारामा काम गरे राजनीतिक शक्ति संघर्ष कष्टकर बन्न सक्ने चेतावनी दिएका छन्।

पूर्व प्रधानमन्त्री दाहालले भारतमा रहँदा भारतीय राजनीतिज्ञहरुसँग भेटघाट गरेको भनेर कतिपय सामाजिक सञ्जाल प्रयाेगकर्ताले आशंका गरिरहँदा बास्काेटाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रचण्डप्रति कटाक्ष गरेका हुन्।

बास्कोटाले लेखेका छन्, ‘पुष्पकमल दाहालकी धर्मपत्नी सीता दहालको उपचार सफल होस, शुभकामना। तर कसैको मन्त्रणामा देशविरुद्ध तानाबाना बुन्ने काम गरेर दहाल फर्के भने राजनीतिक शक्तिसङघर्षले कष्टकर बाटो समाउने निश्चित छ।’

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि पुस २० गते भारतको मुम्बई लगिएको थियाे। श्रीमतीको स्वास्थ्य अवस्थाको जटिलताका कारण प्रचण्ड स्वयं पनि साथमै भारत गएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad