राजनीति


प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेका रिटमा आजदेखि निरन्तर सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेका रिटमा आजदेखि निरन्तर सुनुवाइ

नेपालखबर
पुस २२, २०७७ बुधबार २:४०,

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिट सम्बन्धमा आज (बुधबार) देखि निरन्तर सुनुवाइ हुँदै छ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयविरुद्ध १३ वटा रिट निवेदन परेका छन्।

जसको सुनुवाइ आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजालासमा निरन्तर हुने भएको हो।

तर संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्रै बस्ने भएकाले अन्तरिम आदेश आउन समय लाग्ने देखिएको छ।

यही पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको संवैधानिक इजलासले संविधान विघटनविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ गर्ने आदेश दिएको थियो।

यही पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव (वैशाख १७ र २७ गते) घोषणा गरेकी छन्।

यस विषयमा सर्वोच्च अदालतको आदेशअनुसार राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री ओली र सभामुख अग्निप्रसाद सापकोटाले लिखित जवाफ पेस गरिसकेका छन्।

याे पनि : 

संसद विघटन : राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले सर्वोच्चलाई दिए यस्तो जवाफ (पूर्ण पाठ)

प्रतिनिधि सभा विघटनविरुद्धको सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्न माग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad