राजनीति


आफ्ना सेनालाई चीनका राष्ट्रपति सीको निर्देशन : युद्धका लागि तयार रहनू

आफ्ना सेनालाई चीनका राष्ट्रपति सीको निर्देशन : युद्धका लागि तयार रहनू

नेपालखबर
पुस २१, २०७७ मंगलबार २३:५९,

चीनका राष्ट्रपति सी चिनफिङले आफ्ना सेना कुनै पनि बेला युद्धका लागि तयार रहेको चेतावनी दिएका छन्।

भारतसँग टक्कर परिररहेकै बेला उनले चिनियाँ सेना युद्धका लागि तम्तयार रहेकाे जानकारी दिएका हुन्। 

राष्ट्रपति सीले आफ्नो सेनालाई सैनिक अभ्यास गर्न निर्देशनसमेत दिएकाे समाचार एजेन्सी सिन्ह्वाले जनाएकाे छ।

केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका राष्ट्रपति सीले सन् २०२१ सुरु भएपछि पहिलोपटक सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिएकाे समाचार एजेन्सी सिन्ह्वाले जनाएकाे छ।  

यस्तै सीले सेनालाई जसरी पनि युद्ध जित्ने तरिकाले तालिम गर्न पनि निर्देशन छन्। 

गत जुन १५ मा भारतसँगकाे सीमाना लद्दाखमा भारतीय सेना र चिनियाँ सेना झडप भएकाे थियाे। त्यस क्रममा भारततर्फ २० सैनिककाे मृत्यु भएकाे थियाे भने चीनतर्फकाे क्षतिबारे अहिलेसम्म आधिकारिक जानकारी दिइएकाे छैन।

त्यसयता पनि दुई देशका सैनिकबीच बेलाबेला झगडा भइरहेकाे छ। शान्ति स्थापनाका लागि धेरैपटक वार्ता भए पनि सहमति हुन सकेकाे छैन। यसबीच सीमामा भारत-चीन दुवैले सैन्य शक्ति बढाई आफूलाई युद्धका लागि तम्तयार बनाएका खबर आइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad