राजनीति


साउदी अरबमा महिलालाई थप स्वतन्त्रता

साउदी अरबमा महिलालाई थप स्वतन्त्रता

नेपालखबर
पुस २०, २०७७ सोमबार २३:३५,

साउदी अरबमा महिलासँग सम्बन्धित कानुन थप खुकुलाे बनाउँदै लगिएकाे छ।

तीन वर्षअघि महिलालाई गाडी चलाउन खुला गरेकाे साउदी सरकारले फेरि भर्खरै एउटा महत्वपूर्ण कानुन संशोधन गरी थप स्वतन्त्रता दिएकाे हाे।

साउदी अरबको गृह मन्त्रालयले आइतबार दिएकाे जानकारीअनुसार नयाँ कानुनबमाेजिम अब महिला वा पुरुष जसले पनि आफ्नाे नाम (आफूसँग सम्बन्धित विवरण) आफू एक्लैको निर्णयअनुसार परिवर्तन गर्न सक्नेछन्।

पहिले याे अधिकार पुरुषलाई मात्र थियाे भने महिलाले परिवारको अनुमतिमा मात्र आफ्नो नाम परिवर्तन गर्न सक्थे।

महिलाका लागि कडा मानिने साउदीमा पहिलोपटक महिलालाई पुरुष अभिभावकबिना एक्लै घुम्ने अनुमति दिइएको थियो। त्यसपछि सन् २०१८ मा महिलालाई पनि गाडी हाँक्ने अधिकार दिएकाे साउदी सरकारले अहिले नाम परिवर्तन गर्न पाउने स्वतन्त्रता पनि दिएकाे हाे। 

साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले भिजन-२०३० सुरुवात गरेका छन्। जसअन्तर्गत साउदीले तेल अर्थ व्यवस्थाको ट्याग हटाउन विश्वव्यापी पर्यटकका लागि आफ्नो ढोका खोल्ने तयारी गरिरहेको छ।

यसैका लागि उसले महिला स्वतन्त्रता बढाउँदै विश्वमा महिलाप्रति आफ्नो कडा छवि परिवर्तन गर्ने प्रयास गरिरहेकाे हाे। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad