ad ad

राजनीति


संसद विघटनविरुद्ध जसपाले वृहत् कार्यक्रम गर्ने, दलका नेता, पूर्वन्यायाधीश र अधिकारकर्मी सहभागी हुने

संसद विघटनविरुद्ध जसपाले वृहत् कार्यक्रम गर्ने, दलका नेता, पूर्वन्यायाधीश र अधिकारकर्मी सहभागी हुने

नेपालखबर
पुस २०, २०७७ सोमबार १७:८,

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक कदमको विषयमा राजनीतिक दलका वरिष्ठ नेताहरु, पुर्व प्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता लगायतको सहभागितामा बृहत् अन्तरक्रिया कार्यक्रम हुने भएको छ।

मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित इन्द्रेणी बैंक्वेटमा जनता समाजवादी पार्टीले सो कार्यक्रम आयोजना गर्न लागेकाे हाे।

सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक उक्त अन्तरक्रिया कार्यक्रममा जनता समाजवादी पार्टीका शीर्ष नेताहरु, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का – माधव नेपाल, वर्षमान पुन, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रदीप गिरी सहभागी हुनेछन्।

त्यसैगरी पूर्व प्रधानन्यायधिश कल्याण श्रेष्ठ, पूर्वन्यायाशीश गिरिशचन्द्र लाल, मानवअधिकारकर्मी मोहना अन्सारी, नेपाल वार एशोसियशनका वरिष्ठ अधिवक्ता चन्डेश्वर श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, सुरेन्द्र महतो र नागरिक आन्दोलनकर्मी दमननाथ ढुङ्गाना, युग पाठक, प्राध्यापक कृष्ण खनाल, मधेशी बुद्धिजीवि विजयकान्त कर्ण लगायतको उपस्थिति रहने जनता समाजवादी पार्टीका प्रचार विभागका नेता विश्वदीप पाण्डेले जानकारी दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमप्रति बिभिन्न राजनीतिक दल र नागरिक समाज लगायतले आन्दोलन सुरु गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .