ad ad

समाज


मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

नेपालखबर
पुस २०, २०७७ सोमबार १५:४६,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजार स्थित सडक खण्डबाट आयुष थापा मगर र बालाजु स्थित सडक खण्डबाट रोशन लामिछाने सवार गरिरहेको मोटरसाइकलसहित पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए।

नयाँबजार सडकखण्डबाट जिल्ला धादिङ्ग त्रिपुरासून्दरी गाउँपालिका वडा नं.५ चैनपुर बस्ने वर्ष २२ को आयुष थापा मगरलाई प्रदेश ३(०२(००८ प २६०७ नम्वरको कालो रातो रंगको २२० सीसीको पल्सर मोटरसाइकललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ। अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नं. लु ५२ प ७३३५ खुल्न आएको छ।

उक्त नम्वरको मोटरसाइकल गत २०७६ साल भदौ ६ गते काठमाडौं ठमेल स्थित भगवानबाहाल मन्दिर अगाडि पार्किङस्थलबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि कुमार राना मगरले निवेदन महाशाखामा दिएका थिए। उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाइएको महाशाखाले जनाएको छ।

त्यस्तै, काठमाडौं बालाजु सडकखण्डबाट जिल्ला दोलखा भिमेश्‍वर नगरपालिका–३ भिमफेदी घर भई हाल काठमाडौं रानिवन बस्ने वर्ष २४ को रोशन लामिछानेलाई बागमती प्रदेश ०२(०१७ प ३४४७ नम्वरको कालो रातो रंगको २२० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको छ।

उक्त नम्वरको मोटरसाइकल मिति गत मंसिर १४ गते काठमाडौं बनस्थलीबाट हराएकोले खोज तलास गरि पाउँ भनि रामकृष्ण ढकालले हुलिया सहितको निवेदन महाशाखामा दिएका थिए। उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाईएको छ।

महाशाखाले यस पौष महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ११ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .