राजनीति


सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा सुनसरीमा एपीएफ गणको उद्‍घाटन

सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा सुनसरीमा एपीएफ गणको उद्‍घाटन

नेपालखबर
पुस २०, २०७७ सोमबार १२:५०,

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सुनसरी जिल्लामा रहेको सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वाटर सुनसरीको आज एक कार्यक्रमकाबीच उद्‍घाटन गरेका छन्।

सीमा सुरक्षा कार्यालयबाट गणको रुपमा स्तरोन्‍नती भएको सो गणले सुनसरी जिल्लामा सीमा सुरक्षा, विपद उद्दार लगायत समग्र शान्ति सुरक्षा कायम गर्ने कार्य गर्दै आइरहेको छ।

सशस्त्र प्रहरी महानिरीक्षक खनाल सशस्त्र प्रहरी महानिरीक्षकको रुपमा नियुक्त भए पश्‍चात सबै सीमा सुरक्षा कार्यालयहरुलाई गणको रुपमा स्तरोन्नती गरिएको थियो।

उद्‍घाटन कार्यक्रममा महानिरीक्षक खनालले राष्ट्रको रक्षा, सीमानाको सुरक्षा, राष्ट्रियताको जगेर्ना र नेपाली जनताको सेवा, सुरक्षा, सहयोग तथा उद्धारका लागि संगठन प्रतिवद्ध रहेको बताउँदै राष्ट्रसेवक कर्मचारीहरुलाई अन्तस्करणदेखी संगठन र राष्ट्रप्रति ईमान्दार, बफादार, नैतिकवान, अनुशासित भई आफ्नो जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न निर्देशन दिए।

उद्‍घाटन कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र मणी पोखरेल, नेपाल प्रहरीका प्रदेश नं. १ का प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्‍वरबाबु कार्की, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनिका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दाहाल, अनुसन्धान निर्देशक कुलदेव थापाका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो।

महानिरीक्षक खनालले आजै सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी अन्तर्गतका गण, गुल्म तथा बीओपी प्रमुखहरुलाई दैनिक शान्ति सुरक्षा, सीमा पार अपराध नियन्त्रण, कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रण लगायतका जिम्मेवारीहरुमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनुका साथै प्रदेश नं. १ को सीमावर्ती क्षेत्रमा रहेका बीओपीहरुको स्थलगत निरीक्षण समेत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad